सप्तरीमा पनि भेटियो बाटोमा छरिएको अवस्थामा पैसा



१६ वैशाख २०७७, काठमाडौं

सप्तरीमा छरिएको अवस्थामा पैसा भेटिएको छ ।

जिल्लाको तिरहुत गाउँपालिका वडा नंं ८ गोइठीस्थित वस्तीमा मंगलबार (आज) बिहान केही नोट छरिएको अवस्थामा फेला परेको हो ।

उक्त ठाउँबाट २७५ रुपैयाँ छरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार ५, १०, २०, ५० र १०० रुपैयाँको नोट छरिएको पाइएको हो ।

सोमबार (हिजो) राति नै वस्तीमा नोट छरिएको देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी डिमनबाट खटिएको प्रहरी टोलीले उक्त नोट सुरक्षित साथ राखेको बताएका छन् । साथै उक्त नोटको जाँच गरिने बताइएको छ ।

यसभन्दा अगाडि केही समय पहिले जनकपुरमा पनि नोट छरिएको अवस्थामा देखिएको थियो ।

|तस्वीरमा पैसा टिप्दै पैहरी। श्रोतः|

प्रतिक्रिया दिनुहोस्