‘लकडाउन्’ थप कडाई



१६ वैशाख २०७७, काठमाडौं

देशभर जारी बन्दाबन्दी ‘लकडाउन्’ मंगलबार (आज) देखि थप कडाई हुने भएको छ ।

बिहानैदेखि सुरक्षाकर्मीहरु तैनाथ हुन थालेका छन् । सर्वसाधारणबाट ‘लकडाउन्’ स्वःस्फुर्त रुपमा उल्लंघन बढेपछि गृह मन्त्रालयले ७७ जिल्लाकै प्रशासन कार्यालयलाई परिपत्र गर्दै थप कडाई गर्न निर्देशन दिएको हो ।

अत्यावश्यक सेवा बाहेकका सवारी साधन चल्न नदिने, पास कडाईका साथ चेकजाँच गर्ने प्रहरीले बताएको छ । काठमाडौं उपत्यकामा आज बिहान मात्र २ सयभन्दा बढी सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘लकडाउन्’ उल्लंघन गर्ने सवारी साधन पनि नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले बताएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्