सञ्चार उद्यमी कार्कीको परोपकारी कार्य: भोज खर्च बाल आश्रम र माया घरलाई



१५ वैशाख २०७७, काठमाडौं

युवा सञ्चार उद्यमी समीर कार्कीले लकडाउन पालना गर्दै बिहे मात्रै गरेनन् बिहे भोज खर्च निससहाय बाल आश्रम र माया घर इटहरीलाई उपलब्ध गराएर परोपकारी कर्ममा भाग लिए ।

युवा उद्यमी कार्कीको विराटनगरकी कन्चन थापासँग विवाह भएको हो । प्रफुल्ल मुद्रामा प्रतिकृया दिदैं कार्कीले भने, ‘यो लकडाउनका बीच  समय र परिस्थिति अनुसार सीमित पारिवारिक सदस्यबीच भौतिक दूरीलाई अपनाएर बिहेको सांस्कृतिक कार्य सम्पन्न गरे । विश्वनै रोइरहेको अवस्थामा हाँसी हाँसी बिहे गर्नै मनले पटक्कै मानेको थिएन तर पूर्व निर्धारित मिति, लगन र पारिवारिक निर्णयलाई रोक्नु अवान्छित लाग्यो ।’

युवा उद्यमी कार्कीले यो लकडाउनलाई जसरी भौतिक दूरी कायम गरेर ज़िम्मेवार नागरिकको कर्तव्य पूरा गरे । समाजसेवी सोचका उनले बिहेको पार्टीमा लाग्ने खर्च निसहाय बाल आश्रम र माया घर इटहरीलाई उपलब्ध गराएर परोपकारी कर्ममालाई निरन्तर दिए ।

प्रदेश नं. १ को लोकप्रिय टेलिभिजन एरिना टेलिभिजनको प्रमुख कार्यकारी कार्की ‘इन्नोभेटिभ आइडिया’का अभ्यासकर्ताका रुपमा परिचित छन् ।

नव दुलही थापासमेत जीवनकै महत्वपूर्ण क्षणलाई परोपकारी क्षेत्रमा जोडिन पाउँदा आफूलाई अत्यन्त आनन्द आएको प्रतिकृया दिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्