बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ



१५ वैशाख २०७७, काठमाडौं

बहिनीलाई बलात्कार गरेको अभियोगमा मध्यपुर थिमि ९ बोडेका एक युवक पक्राउ परेका छन् ।

बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र नजिक बस्दै आएका सिन्धुपाल्चोकका २३ वर्षीया युवकले आफ्नी १४ वर्षीया बहिनीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार राति बलात्कार गरिएको पीडित किशोरीले किटानी जाहेरी दिएकाले युवकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

युवकलाई भक्तपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी बलात्कार र हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान भइरहेको गिरीले बताए ।

|फाइल तस्वीर|

 

प्रतिक्रिया दिनुहोस्