कोरोनाबारे अफवाह फैलाउने पक्राउ



०२ बैशाख २०७७, काठमाडौं

कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्