आज चर्चित कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्मदिन, शुभकामना दिनेको ओइरो



२८ चैत्र २०७६, काठमाडौँ

नेपाली चलचित्र जगतमा माग्ने बुढाको नामले परिचित कलाकार केदान घिमिरेको आज जन्मदिन रहेको छ । हरेक प्रकारको क्वारेक्टर फिट हुने माग्ने बुढालाई रुचाउने दर्शकको संख्या निकै रहेको छ ।

उनले खेलेका प्राय चलचित्रको उनी मेरुदण्ड नै बन्ने गरेका छन् । आज उनको जन्मदिन परेकाले उनलाई सेलिब्रेटीहरुले त जन्मदिनको शुभकामना दिएका नै छन् । त्यसका साथै सामाजिक सञ्जालमा उनका फ्यानले पनि उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

यसपालीको जन्मदिन उनले घरमा परिवारसको साथमा बिताउनेछन् । लकडाउनका कारण यसपटकको उनको जन्मदिन अन्य बर्षहरु झैँ विशेष भने हुन पाएन । हाम्रो तर्फबाट पनि माग्ने बुढा अर्थात केदार घिमिरेलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्