लकडाउनको समयमा गाडी लिएर निस्केकी यी नायिकाको भयो भयानक दुर्घटना



२५ चैत्र २०७६, काठमाडौँ

कोरोनाको त्रासको कारण यतिबेला भारतलाई पनि लकडाउन गरिएको छ । जसका कारण अधिकांश जनता घरमा नै बसिरहेका छन् । यसैबिच लकडाउनको समयमा दक्षिण भारतीय नायिका भने गाडी लिएर बाहिर निस्किएकी छिन् ।

दक्षिण भारतीय अभिनेत्री शर्मिला मांडरे गाडी लिएर बाहिर निस्कदाँ उनको भयानक दुर्घटना भएको छ ।

बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा शर्मिलाको साथमा एक साथी पनि भएको बताइएको छ । दुवैलाई फोर्टिस अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना तेलंगनाको बसन्तनगरमा भएको हो।

शर्मिलाको गाडी अण्डरब्रिजको एक पिलरसँग ठोक्किएको बताइएको छ । खबरअनुसार शर्मिलासँग लकडाउनमा सवारी चलाउने पास समेत थिएन ।

प्रतिक्रिया दिनुहोस्