कोरोनाबाट प्रभावित व्यक्तिहरुलाई भारतीय क्रिकेटर विराट कोहलीले गरे ३ करोड सहयोग



२५ चैत्र २०७६, काठमाडौँ

भारतमा दिनप्रतिदिन कोरोनाको संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामै मात्र १८ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि १३६ पुगिसकेको छ । कोरोनाका कारण धेरै मानिसको विचल्ली भएको छ । उनीहरुको सहयोगको लागि नै भारतीय सरकारले प्रधानमन्त्री राहत कोष खडा गरेको छ ।

उक्त राहत कोषमा रकम जम्मा भैरहेको छ । भारतका विभिन्न सेलिब्रेटीहरुले राहत कोषका लागि आफूले सकेजति रकम दिइरहेका छन् । यसैबिच भारतका चर्चित क्रिकेटर विराट कोहलीले पनि प्रधानमन्त्री राहत कोषका लागि रकम दिएका छन् ।

विराट कोहलीले कोरोनाबाट प्रभावित व्यक्तिको सहयोगको लागि ३ करोड सहयोग गरेका छन् । यतिबेला विराटका फ्यानले उनको निकै तारिफ गरिरहेका छन् । विराटसँगै अन्य केही क्रिकेटरले पनि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्