कोरोना भाइरसका कारण जापानका चर्चित हाँस्य कलाकारको निधन



१७ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरसका कारण जापानका चर्चित हाँस्य कलाकार केनको निधन भएको छ ।

केनलाई २० मार्चमा ज्वरो आउर निमोनिया भएपछि तुरुन्त अस्पतालमा भर्ना गरिएको थियो । टेस्ट गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि लगातार उपचारमा रहेका ७० बर्षिया केन शिमुराको आइतबार साँझ निधन भएको बताइएको छ ।

केनले १९७० को दशकमा आफ्नो अभिनय यात्राको थालनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्