कोरोना पिडितको लागि बलिउड अभिनेता अक्षय कुमारले गरे २५ करोड सहयोग



१६ चैत्र २०७६, काठमाडौँ

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास भारतमा पनि निकै बढेकाले यतिबेला भारत सरकारले भारतलाई लकडाउन गरेको छ । जसका कारण देशका सम्पूर्ण जनता क्वारेन्टाइनमा रहेका छन् ।

यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीसँग लड्न पीएम–केयर फन्ड नामक कोष स्थापना गरेका छन् ।

यो कोषमा कोरोनाबाट आउने समस्याको समाधानको लागि काम लाग्ने बताइएको छ । प्रधानमन्त्री ओलीले यस कोषमा सहयोग गर्नको लागि सम्पूर्ण जनतालाई अपिल गरेका छन् ।

यस्तै यो कोष खडा गरेको २० मिनेट नबित्दै अभिनेता अक्षय कुमारले २५ करोड सहयोग गरेका छन् । उनले यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले लेखेका छन्, अक्षयले भनेका छन्, ‘यो बेला हाम्रो मानिसको जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई मेरो वचनबाट २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ । आउनुहोस्, जीवन बचाऔँ, ‘ज्यान छ त जहान (विश्व) छ ।’

प्रतिक्रिया दिनुहोस्