अक्षयको श्रीमती बन्दै बाणी



०६ चैत्र २०७६, काठमाडौँ

बलिउड नायिका बाणी कपुरले पछिल्लो समयमा राम्रो व्यानरका चलचित्रहरुमा काम गरिरहेकी छिन् । उनी अभिनीत पछिल्लो समयमा चलचित्र वार रिलिज भएको थियो ।

तर वार मा बाणीको भन्दापनि टाइगर र ऋतिकको एक्सनको नै बढी चर्चा भयो ।

उनै बाणीले अब अक्षय कुमारसँग स्क्रिन सेयर गर्ने भएकी छिन् । अक्षयको नयाँ चलचित्र बेल बटन मा बाणी अक्षयको जोडीको रुपमा देखिने भएकी छिन् ।

चलचित्रमा बाणी र अक्षय श्रीमान श्रीमतीको भूमिकामा देखिनेछन् । चलचित्रलाई २०२१ सालको अप्रिलमा रिलिज गर्ने तयारी निर्माणपक्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्