सामाजिक सञ्जालमा भाइरल हुदैँ करीना र आमिरको यो तस्बिर



०२ चैत्र २०७६, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा करीना कपुर र आमिर खानको एक तस्बिरले निकै चर्चा पाइरहेको छ । तस्बिरमा दुवै प्लेनमा देखिएका छन् ।

उक्त तस्बिर करीनाले हिजो परेको आमिर खानको ५५ औँ जन्मदिनको शुभकामना दिदैँ सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् । तस्बिरमा आमिर एक सिरानी च्यापेर सुतिरहेका छन् ।

उक्त सिरानी आमिर जहाँ जादाँपनि लिएर जाने गरेको खबर बाहिरिएको छ । करीनाले क्याप्सनमा लेखेकी छिन्, ‘मेरो मनपर्ने को–स्टार अमिर खानको तकिया हो ।

प्रतिक्रिया दिनुहोस्