बाढी  पिडितलाई सहयोग गर्दै सलमान



१५ फागुन २०७६, काठमाडौँ

बलिउड अभिनेता सलमान खान चलचित्रमा मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । चलचित्रबाट कमाएको कमाइ उनी बेला बेलामा च्यारिटीमा खर्चने समेत गर्छन् ।

यस्तै सलमानले अब एक बाढी पिडित गाउँलाई सहयोग गर्ने भएका छन् । २०१९ मा कोल्हापुर जिल्ला स्थित खिदरापुरमा ठूलो बाढी आएको थियो ।

उक्त गाउँलाई सलमानले ऐलान फाउंडेशन सँग सहकार्य गरेर आवासको व्यवस्था गर्नेछन् । यो कुराको जानकारी सलमान खुदले दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्