फिल्मफेयर अवार्ड पाएपछि अनन्याले भनिन्, ‘अवार्डमा बोल्न ५ बर्षदेखि तयारी गरिरहेकी थिए’



१४ फागुन २०७६, काठमाडौँ

चलचित्र बागी ३ बाट बलिउडमा प्रवेश गरेकी नायिका अनन्या पाण्डेले छोटो समयमा नै निकै सफलता पाइन् । पहिलो चलचित्रमा नै उनको कामको खुब तारिफ भयो भने अहिले उनको हातमा चलचित्रको लाइन लागेको छ ।

उनी ठूला ब्यानरसँग आबद्ध भैरहेकी छिन् । यसैबिच उनले फिल्मफेयर अवार्ड मा उत्कृष्ट नव नायिकाको अवार्ड समेत जित्न सफल भइन् । अवार्ड पाएपछि अनन्याले उक्त अवार्ड आफ्नो बचपनदेखिको सपना भएको बताइन् ।

उनले आफू पाँच बर्षको हुदाँदेखि अवार्ड पाएपछि दिने स्पिच तयार गरेको बताइन् । तर अवार्ड पाएपछि भने उनले सबै कुरा बोल्न बिर्सिइन् । तर उनले उक्त फिल्मफेयर अवार्ड आफ्नो लागि निकै नै विशेष भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्