रचनाकार राजु बाबु श्रेष्ठको शब्दमा जुनु गौतमको ‘बिहानी’ सार्वजनिक



२३ माघ २०७६, काठमाडौं

गीतकार राजु बाबु श्रेष्ठको गीतमा गायिका जुनु गौतमको आवाजमा ‘बिहानी’ बोलको गीत सार्वजनिक भएको छ । ‘अजम्बरी’ एल्बममा समाबेश रहेको यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन् । त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीका सफल कोरियोग्राफर तथा नृत्य निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

करिब आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलामी र मनिता खुलाललाई फिचर्ड गरिएको यस गीतलाई फरक तरिकाले निर्देशक श्रेष्ठले तयार गरेका छन् । गीतकार राजु बाबु श्रेष्ठको गीतहरुले नेपाली सांगीतिक आकाशमा सफलाता पाएका धेरै यस्ता गीतहरु छन र यो गीत पनि त्यहि सफलताको आकाशमा पुग्नेमा ढुक्क रहेको बताए संगीतकार अनिश श्रेष्ठले ।

करिब दुई दर्जन भन्दा बढी गीत गाईसकेकी गायिका जुनु गौतमको यस गीतमा फरक गायकी पन सुन्न सकिने छ । यो गीत मैले अलिकति फरक तरिकामा गएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा बास पक्कै पनि पाउने छ उनले भनिन । गीतको भिडियो लाई युश ढकालले खिचेका हुन् भने सम्पादन जितेन्द्र राजोपाध्याले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्