श्रीमानले कम खर्च गर्नु भनेपछि, विवाहको एक हप्ताभित्र श्रीमतीले गरिन् डिभोर्स



२३ माघ २०७६, काठमाडौं

जापानकी एक मोडल कातो सारीले विवाह गरेको एक हप्तामा नै श्रीमानसँग डिभोर्स गरेकी छिन् ।

२९ वर्षे कातो सारी विलासी जीवनशैलीका लागि परिचित छिन् । श्रीमानले कम खर्च गर्न भनेपछि आफूले रिसाएर डिभोर्स गरेको उनले बताइन् ।

रियल स्टेट व्यापारीले यी मोडललाई सन् २०१९ मे देखि डेटिङ गर्न थालेका हुन् । विवाह हुनु साढे तीन महिना अघि उनले ती व्यावसायीको ९.१ मिलियन डलर (करिब १ अर्ब रुपैयाँ बढी) खर्च गरिन् । यति हुँदा हुँदै पनि उनले सारीसँग विवाह गरे तर विवाहको पहिलो हप्तामा उनले श्रीमतीलाई आफ्नो व्यावसाय खासै राम्रो नभएकोले खर्च कम गर्न आग्रह गरे । श्रीमानको यस्तो आग्रह उनलाई चित्त बुझेन तसर्थ डिभोर्सको माग गरिन् ।

केहि दिन अघि रिलिज भएको युट्युब भिडियोमा कातो सारीले छुट्टिएको ६ महिनापछि डिभोर्स टुङ्गो लगाएको जानकारी दिइन् । ती मोडलले श्रीमानले खर्च कम गर्न भनेपछि विवाहको पहिलो हप्तामा नै डिभोर्सको निवेदन दिएको जानकारी दिइन् । एजेन्सी ..

प्रतिक्रिया दिनुहोस्