अध्यक्ष दाहाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता



२३ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “तपाईँको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ, देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको छ ।” भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्