एक लाख घूस लिएको आरोपमा अधिकृत पौडेल पक्राउ



२० माघ २०७६, काठमाडौं

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवाराज पौडेल घूस लिएको रकमसहित पक्राउ परेका छन् ।

अधिकृत पौडेल र उनका सवारी चालक सञ्चित दुलालाई एक लाख घूससहित चन्द्रागिरी १२स्थित वलम्बु च्याउ सहकारी अगाडि जाँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकम मध्येबाट अधिकृत पौडेलले घूस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले स्टिंग अपरेशन चालेको थियो।

अधिकृत पौडेलले घूस वापतको पैसा लिनका लागि आफ्ना सवारी चालक सञ्चित दुलालाई पठाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्