गायिका आस्था राउतविरुद्ध कानुनी प्रक्रिया सुरु, प्रहरीसँग सहमति भए आजै छुट्न सक्ने



१३ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउतमाथि प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै आस्थाविरुद्ध उजुरी दिएकी थिइन् ।

हाल प्रहरी नियन्त्रणमा रहेकी आस्थाविरुद्ध कानूनी प्रक्रिया सुरु गरिएको छ । रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज ९सोमबार० आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

गायिका राउतले सहमतिमै मुद्दा टुङ्ग्याउने प्रयास गरिरहेकी छिन् । उनले कानूनी भन्दा माथि आफू नभएको पनि बताइन् । प्रहरी जवान रमिता श्रेष्ठलाई उजुरी फिर्ता गर्न लगाएर नै यो मुद्दा सुल्झाउने तयारी भैरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पनि अहिले दुवै पक्षबीच आपसी ‘सर–सल्लाह’ भइरहेको जनाएको छ ।

‘उजुरीकर्ताले उजुरी फिर्ता लिन्छु भने पछि कुनै पनि आरोपितलाई प्रहरीले थुनेर राख्ने भन्ने हुँदैन,’ महानगरीय प्रहरी परिसर स्रोतले भन्यो, ‘आस्थाजीको केसमा पनि अहिले उहाँहरु छलफलमा हुनुहुन्छ । पीडित पक्षले मुद्दा फिर्ता लिन चाहेमा उहाँ आजै पनि छुट्न सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्