विवाहको कार्ड बाड्न जादै गर्दा रमितालाई टिप्परले किचेपछि प्रकाशले भावुक हुँदै लेखे यस्तो स्टाटस…



१० माघ २०७६, काठमाडौं

विवाहको कार्ड बाड्न जादै गर्दा रमिताको ज्यान गएपश्चात् उनका श्रीमान प्रकाशले मार्मिक स्टाटस लेखेका छन्। दुवैजनाको तस्वीर राख्दै उनले स्टाट्स लेखेका छन्। जुन स्टाट्समा आफुले रातो साडी किनेर ल्याएको बताएको छ।

त्यस्तै, उनले लेखेका छन्ः (तेरो लागि रातो साडी किनेर ल्याएको थिए पर्सि हाम्रो बिहे कहाँ गाको छस त छिटो आइज न मेरो एक चिम्टी सिन्दुरको लागि तैले आफ्नो परिवार सब छोडेर मलाई साथी दिस। तर मलाई बिचमै छोडेर किन गैस। उनले दुःखी हुँदै लेखेका छन्। यति लामो बाटो कसरी एकलाई हिडु म।

प्रकाशको स्टाटसः tero laagi raato saadi lyaideko xu ni budhi parsi hamro bihe ho ka gaxas xito aaija n..??? mero ek chimti sindurko laagi taile aafno family aafno life sob xoder mero sath dies tara malai bichmai xoder kin gais van ta eklai yato laamo baato kasari hinu ma hmm…kati sapana haru thiye taile kin dhoka dies maile vaneko hoin talai kei hunu pahila ma nai narahu vaner ta agadi kin gais malai xoder ma eklai k garu kaa jau van ta ???..

aaija n bihe garula ni yll biheko sadima mero sindur tero siudoma herne sapana xa mero ..ma ni xittai aauxu tasangai budhi nvulis hai me

जिल्लाको भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन्। रमिताको प्रकाश टेरसँग विवाह हुँदै थियो। विवाहको निम्तो दिनकै लागि भनेर उनी गोबरैया डेराबाट साइकलमा बजार निस्किएकी थिइन्।

रमितालाई टिपरको पछाडीको चक्काले टाउको किचेपश्चात् घटनास्थलमा नै उनको ज्यान गएको थियो। घटना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटरको दूरी पश्चिममा भएको हो। घटनापश्चात् स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्पर माथि ढुङ्गामुढा गरेका थिए।

भीड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड आँश्रुग्याँस प्रहारगरेका थिए। स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाहीको माग गरेका छन्। कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटना लगत्तै भागेका चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्