यी डिएसपी : जसले श्रीमतीले ढोका खोल्न ढिला गरेपछि ठोकिदिए गोली…



०८ माघ २०७६, काठमाडौँ

भारतको पञ्जाबमा बस्ने डिएसपी अतुल सोनीमाथि आफ्नै श्रीमतीको हत्याको प्रयार र हातहतियार सम्बन्धी कानून अनुसार मुद्धा दर्ता गरिएको छ ।

अतुल सोनी शनिबार अबेर राती एक पार्टीबाट फर्केका थिए । अबेर राती घर पुगेका कारण श्रीमतीले घरको ढोका ढिलो खोलिन् । यो कुराले डिएसपी सोनी यति रिसाए कि उनले श्रीमतीलाई गोली हानिदिए । तर गो’ली उनकी श्रीमतीलाई लागेन । आक्रमणलगत्तै उनकी श्रीमती थाना आठ फेस पुगिन् र अतुलविरुद्ध उजुरी दिइन् ।

अहिले अतुल फरार छन् । प्रहरीले उनको खोजी भने गरिरहेका छ ।

प्रतिक्रिया दिनुहोस्