गायिका आस्था राउतलाई प्रहरी प्रमुखले दिए कडा जवाफ : ‘लोकप्रिय छु भन्दैमा मनपरी गर्न पाइन्न’



०८ माघ २०७६, काठमाडौँ

आस्था राउतले प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै उनीविरुद्ध उजुरी दिइएको थियो । अहिले यो कुराले सर्वाधिक चर्चा पाइरहेको छ । उनले फेसबुक लाइभ आएर प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भनेपछि यो घटनाले ठूलो रुप लिएको हो ।

गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न माग गरेको काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

यस घटनाबारे थप अनुसन्धान गर्नको लागि आस्थालाई पक्राउ गर्न लागेको प्रहरीले जानकारी दिएको छ । यसबारे काठमाडौँका प्रहरी प्रमुख उत्तमराज सुवेदीले एक अन्तवार्तामा भनेका छन्, लोकप्रिय छु भन्दैमा मनपरी गर्न पाइन्न । यो भनाइले पनि अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्