कतारले आप्रवासी कामदारहरुको पारिश्रमिक बढाउँने



०८ माघ २०७६, काठमाडौं

कतारले आप्रवासी कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ ।

मस्यौदामाथि छलफल भएको विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। कामदारको न्यूनतम तलब तोक्नका लागि छुट्टै समिति बनाइ छलफल गरिने उल्लेख गरिएको छ।

कतारमा नेपाललगायत फिलिपिन्स, बंगलादेश, भुटान, भारत, चीनसहित विभिन्न मुलुकबाट रोजगारीका लागि श्रमिकहरु पुग्ने गरेका छन्। केही समयदेखि कतारमा आप्रवासी श्रमिकहरुका आधारभूत हक अधिकार हनन् भइरहेका घटनाहरु बाहिरिरहेका छन्।

कतारले सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि स्टेडियम तयार गरिरहेको छ। सो स्टेडियम निमार्णका लागि थुप्रै आप्रवासीहरु माग गरिरहेको छ। ठूलो संख्यामा कतार पुगेका श्रमिकहरुको श्रम शोषण भइरहेको भन्ने खबरहरु सार्वजनिक हुन थालेपछि कतार सरकारले आप्रवासी कामदारका हकअधिकार सुनिश्चिताका लागि केही कानुन संशोधनको प्रकृया अगाडी बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्