गायिका ज्योति मगर पनि समस्यामा, दरबारमार्गको रेष्टुरेन्टमा भयो  यस्तो लफडा…



०८ माघ २०७६, काठमाडौँ

अहिले जताततै आस्था राउतको चर्चा चलिरहेको छ । विमानस्थलमा केहीसमय अघि प्रहरी र आस्थाबिच झडप भएपछि उनको चर्चा चुलिएको हो । तर आस्था विवादमा आउनु एकसाता अघि गायिका ज्योति मगरले पनि एक रेष्टुरेन्टमा अभद्र व्यवहार गरेको खुलासा भएको छ ।

तर उक्त घटनाले त्यति चर्चा भने पाएको थिएन । ज्योतिले मदिरा पिएर रेष्टुरेन्टका कामदासँग अभद्र व्यवहार गरेकी थिइन् ।

ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको मदिरा र सितन खाए।

पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले लफडा झिकिन्। रेस्टुरेन्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो। प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन्।

ज्योतिले रेष्टुरेन्टका कामदार काउण्टर अगाडी बसिरहेका आफ्ना साथीलाई हातपात समेत गरेको बताएकी छिन् । उनी कामदार विरुद्ध मुद्दा हाल्न दरबार मार्ग पुलिस चौकी पनि पुगेकी थिइन् तर धेरै राति भएका कारण पुलिसले भोलि आउनु भनि पठाउँदा उनी भोलिपल्ट मुद्दा हाल्न आफू नगएको पनि बताउँछिन् ।

ज्योतिले थपिन्, ‘रेस्टुरेन्टका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मुद्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं। हामी सहेर बसेका छौं भने यो इस्युलाई चर्काउन तपाईंलाई मात्रै के चासो ?’

प्रतिक्रिया दिनुहोस्