केतनको आवाजमा ‘सेल्फि किङ्ग’ को ‘जीन्दगीको के छ र भर’ बोलको गीत रिलिज (भिडियो सहित)



०७ माघ २०७६, काठमाडौँ

माघ २४ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको यो बर्षको प्रतिक्षित चलचित्र सेल्फि किङ्ग को नयाँ गीत रिलिज भएको छ । चलचित्रको एक गीत र ट्रेलर रिलिज भैसकेको छ ।

ट्रेलरलाई सबैले निकै रुचाए भने गीत  ठिकै हिट भयो । अहिले भर्खरै चलचित्रको मन रुवाउने गीत रिलिज भएको छ ।

सुरज गैरेको शब्द र सुवास भुषालको संगीत रहेको जीन्दगीको के छ र भर बोलको गीतमा केतन क्षेत्रीको आवाज रहेको छ । यसअघि चलचित्र प्रसाद मा समावेश लै लै गीत गाएर केतनले निकै चर्चा कमाएका थिए ।

सेल्फि किङ्ग मा विपिन कार्कीसँगै लक्ष्मी वर्देवा, अभय बराल, भुवन चन्द लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्