२ सय करोड क्लबमा अक्षय र करिनाको ‘गुड न्युज’



०७ माघ २०७६, काठमाडौँ

गत डिसेम्बरमा प्रदर्शनमा आएको अक्षय कुमारको चलचित्र गुड न्युज ले बक्सअफिसमा धमाकेदार व्यापार गर्न सफल भएको छ । चलचित्रले सुरुवाती दिनदेखि नै राम्रो व्यापार गर्दै आएको थियो भने अहिलेसम्म पनि हलहरुमा यस चलचित्रले आफ्नो स्थान कायमै राखेको छ ।

चलचित्रलाई दर्शक र समिक्षक दुवैले अत्यन्तै रुचाएका थिए । चलचित्रले सुरुदेखि अन्त्यसम्म पुरै मनोरञ्जन दिन्छ । यस्तै चलचित्र गुड न्युज को २४ दिनको कमाइ हेर्ने हो भने यो चलचित्रले २ सय करोडको आँकडा पार गरेको छ ।

चलचित्रमा अक्षयका अलवा करिना कपुर, कियारा अडवाणी, दिल्जीत दोसान्झ लगायतका कलाकारको मुख्य भूमिका रहेको  थियो । चलचित्रमा सबै कलाकारको अभिनयको दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका  थिए ।

प्रतिक्रिया दिनुहोस्