बुद्ध एयरको विमान यती एयरसँग ठोकियो, उडान रद्द



०६ माघ २०७६, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमानले पार्किङ गरेर राखिएको यती एयरको विमानलाई ठक्कर दिएको छ।

जनकपुर उड्न लागेको बुद्ध एयरको विमान यती एयरको विमानसँग ठोक्किएको प्रहरीले जनाएको छ। विमानस्थल प्रहरीका अनुसार, रोकेर राखिएको यतीको विमानमा बुद्धको जहाज ठोक्किएको हो।

ठोकिएपछि दुवै विमानमा सामान्य क्षति पुगेको छ। जहाज ठोक्किएपछि बुद्धको जनकपुर उडान रद्द भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बिहान ८ बजे विमान ठोक्किएको जानकारी दिए।

दुवै विमान कम्पनीका सञ्चालकहरुले आ–आफू बनाउने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्