तालामाराङ बजारमा भीषण आगलागी



०६ माघ २०७६, काठमाडौं

मेलम्ची नगरपालिका ६ तालामाराङ बजारमा पसल भएको घरमा भीषण आगलागी भएको छ।

सोमबार (आज) बिहान अगलागी हुँदा करिब रु. २० लाख बराबरको क्षति भएको पीडित दिपेन्द्र तामाङले बताएका छन्।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको हो। त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए।

आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्