माधव नेपालले बोलाए संसदीय दलको बैठक



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने चौधरीले जानकारी दिए । ‘परिस्थिति बदलिएको छ, त्यसबारे छलफल तथा निर्देशन हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्