लुक्न नसकेको सिसन र श्रृङ्खलाको प्रेम !



०५ माघ २०७६, काठमाडौँ

मिस नेपाल श्रृङ्खला खतिवडाको केहीसमय अघि भ्लगर सिसन बानियाँसँग नाम जोडिएको थियो । सिसनले मिस नेपाल भएपछि श्रृङ्खलाको धेरै काममा सघाउँदै आएका छन् । उनले श्रृङ्खलाको परिचय भिडियो र ब्युटि विथ प्रपोजको भिडियो बनाउन सहयोग गरेका थिए ।

उनीहरुले टर्कीमा एकसाथ तस्बिर खिचाएपछि दुईबिच अफेयर भएको खुबै चर्चा पायो । तर श्रृङ्खलाले ती कुरा झुटा भएका बताइन् । उनले कामको सिलसिलामा टर्की सँगै पुगेको स्पष्टिकरण दिएकी थिइन् ।

अहिले फेरि सामाजिक सञ्जालमा सिसन र श्रृङ्खलाको एक तस्बिर सार्वजनिक भएको छ । जहाँ सिसनले श्रृङ्खलालाई किस गरिरहेका छन् । उक्त तस्बिरबाट सिसन र श्रृङ्खलाबिच साच्चै अफेयर भएको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्