‘पलले पूजासँग रोमान्स गर्दा मैले पलको ठाउँमा आफूलाई देखे’ : आकाश श्रेष्ठ



०३ माघ २०७६, काठमाडौँ

नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र म यस्तो गीत गाउँछु २ यो बर्षको प्रतिक्षित चलचित्रमध्येको एक हो । यो चलचित्र फागुन २३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

यो चलचित्रका २ गीत रिलिज भैसकेका छन् । तिम्रो घरको वरिपरी र दुखको काडाँ बोलको गीतलाई दर्शकले औधी रुचाएका छन् । जसले चलचित्रको हाइप पनि बढाएको छ ।

यस्तै एक कार्यक्रममा केहीदिन अघि आकाश र पूजा सँगै भेटिएका थिए । आकाश र पूजाले लगातार सँगै चलचित्रमा काम गरिरहेका छन् । त्यसैले आकाशलाई पलसँग पूजालाई देख्दा आफूलाई कत्तिको मिस गर्नुभयो ? भनेर प्रश्न गरिएको थियो । जहाँ आकाशले आफूलाई साह्रै मिस गरेको बताए ।

कतिपय सिनमा त पलको ठाउँमा आफूलाई देखेको पनि आकाशले बताए । साथै उनले पल र पूजालाई म यस्तो गीत गाउँछु २ को लागि शुभकामना पनि दिए ।

प्रतिक्रिया दिनुहोस्