सोलुमा भएको निरन्तर हिमपातका कारण सोलु–काठमाडौं सडक अवरुद्ध



२४ पुस २०७६, काठमाडौं

बुधबार दिउँसोदेखि निरन्तर भएको हिमपातका कारण सोलुखुम्बु जिल्लाका हिमाली तथा पहाडी भेगका बासिन्दाहरुको जनजीवन प्रभावित भएको छ ।

ओखलढुङ्गा र सोलुखुम्बुको उच्च पहाडी क्षेत्र पत्ताले र जन्तरखानीमा बाक्लो हिमपात हुँदा सडक नै देखिने अवस्था नभई सोलु–काठमाडौं सडक अवरुद्ध बनेको प्रहरी चौकी पत्तालेले जनाएको छ।

निरन्तर हिमपात हुँदा पत्तालेमा झण्डै दुई फिटभन्दा बाक्लो हिउँ जमेको छ । भारी हिमपात तथा चिसोका कारण सडक खुल्न समस्या भएको स्थानीयले जनाएका छन् ।

सोलु सल्लेरीबाट बिहानै छुटेको केही सार्वजनिक जीप, गाडी र बाइक बीच बाटोमै अलपत्र परेका छन् । सडकमा रहेको बाक्लो हिउँ पन्छाउनको लागि एक्स्काभेटर नै प्रयोग गर्नुपर्ने पत्ताले प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्