अरुलाई भन्दा तपार्ईँलाई नै बढी चिसो लाग्छ, किन?



१६ पुष २०७६, काठमाडौं

हिउँदमा चिसो र जाडो अनुभव गर्नु सामान्य कुरा हो। तर केही व्यक्ति हिउँद–बर्खा सधैँभरि चिसो लाग्ने गरेको बताउँछन्।

तपाईँलाई पनि यस्तै हुन्छ भने ठान्नुहोस् कि तपाईँको शरिरमा केही गडबडी भइरहेको छ। सामान्यतयः यी अवस्थामा मानिसले सधैँ चिसो अनुभव गर्दछ।

एनिमिया

शरिरमा स्वस्थ रातो रक्तकोषिकाको कमी भएमा एनिमियाको आशंका गरिन्छ। रातो रक्तकोषिकाले शरिरभर अक्सिजन पुर्याउने गर्दछ।

तपाईँको शरिरमा यदि रातो रक्तकोषिकामा भइरहेको गडबडीले शरिरमा अक्सिनजको मात्रा कमी भएमा पनि शरिर चिसो भएको अनुभव हुन्छ।

त्यस्तै, एनिमिया भएमा शरिरलाई आवश्यक मात्रामा आइरन पुग्दैन। जुन अवस्था शरिरमा रगतको मात्रा घटेमा, गर्भवती अवस्था लगायतमा हुन्छ।

हाइपोथ्रोइज्म

शरिरमा आवश्यक मात्रामा थाइरोइड हर्मोन उत्पादन नभएको अवस्थामा हाइपोथ्रोइज्म हुन्छ। यो हर्मोन शरीरको मेटाबोलिज्म नियमन गर्न जिम्मेवार हुन्छ।

थाइरोइड हर्मोनको कमीले शरिरको आन्तरिक तापक्रमलाई व्यवस्थित गर्न सक्दैन र जाडो अनुभव हुन्छ। हाइपोथ्रोइज्मका कारण बिर्सने समस्या, डिप्रेसन, छाला सुख्खा हुन, तौल बढ्ने हुन्छ।

अनिन्द्रा

अनिन्द्राले पनि मानव शरिरको तापक्रममा गडबडी ल्याउँछ। निन्द्रा पुगेन भने पनि चिसो महशुस हुन्छ। हाम्रो शरिर २४ घण्टे चक्रमा रहेको हुन्छ। यो चक्रमा के–के गर्ने भन्न हुन्छ। यदि यसमा थोरै मात्र परिर्वतन भएमा समस्या आउन सक्छ।

यदि तपाईँ पनि अनावश्यक समयमा चिसो अनुभव गर्नु हुन्छ आवश्यक मात्रामा सुत्नुहोस्।

तौल घटेमा

शरिरको बोसोले आन्तरिक रुपमा शरिरलाई तातो बनाइरहेको हुन्छ। यदि भर्खरै तपाईँले तौल घटाउनु भएको छ भने पनि शरिरले चिसो अनुभव गर्नसक्छ।

हुन त सबैमा यस्तो नहुन पनि सक्छ। साथै तपाईँले कम क्यालोरीयुक्त खाना खाइरहनु भएको छ भने पनि शरिरले तापक्रमलाई नियन्त्रित गरिरहन सक्दैन र चिसो हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्