जनकपुरको बीच सडकमा शंकास्पद वस्तु फेला, खतराको संकेत रातो झण्डा राखियो



०७ पुष २०७६, काठमाडौं

जनकपुरधाम उपमहानगरपािलका–४ तिरहुतिया बजारको सडकमा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ।

जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडक ठप्प पारेको छ। सडकबीचमा रहेको कालो झोलामा बम हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले शंकास्पद वस्तु यकिन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको जनाएको छ। घटनास्थलमा खतराको संकेत रातो झण्डा राखिएको छ।

धनुषाको महेन्द्रनगरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएदेखि श्रृंखलाबद्ध रूपमा शंकास्पद वस्तु भेटिन थालेको छ। यसयघि चार ठाउँमा शंकास्पद वस्तु फेला परेको थियो।

 

प्रतिक्रिया दिनुहोस्