सुवर्ण अवसर : शुक्रकीट दान गरे आइफोन उपहार !



०६ पुष २०७६, काठमाडौं

चीनमा चिनियाँ सरकारले २० देखि ४५ बर्षका युवाका लागि विशेष अफर घोषणा गरेको छ । शुक्रकीट दान गर्ने युवकलाई आइफोन प्रदान गरिने अफरको सूचना सम्प्रेणष गरिएको छ ।

पछिल्लो समय चीनको जनसङ्ख्या घट्दोक्रममा रहेको छ । पुरानो पुस्ता बूढो हुँदै जाने र नयाँ पुस्ताको जन्म निकै कम हुने भएकाले यसले भविष्यमा देशमा शक्रीय जनशक्तिको संकट उत्पन्न हुनसक्छ । यही कुरालाई मध्यनजर गर्दै पछिल्लो समय चीनले जनसङ्ख्या वृद्धिका लागि यो नीति अगाडि सारिरहेको हो ।

अपरिचित पुरषको शुक्रकीटबाट गर्भ धारण गर्नु कन्फ्युसियसको सिद्धान्तको अवहेलना गर्नु हो भन्ने धारणा चिनियामा व्याप्त छ । कन्फ्युसियसलाई चीनमा देवता मानिन्छ । यसै कारणले चिनियाँ युवा पनि आफ्नो शुक्रकीट दान गर्नुलाई नैतिक मान्यता विपरितको कार्य मान्दछन् ।एजेन्सी ..

प्रतिक्रिया दिनुहोस्