मुख्यमन्त्रीले बम बिस्फोट पीडित परिवारलाई राहत दिन जनाए प्रतिबद्धता



२९ मङ्सिर २०७६,धनुषा

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रबार मध्यरातमा भएको बम बिस्फोट घटनाका पीडित परिवारलाई मुख्यमन्त्री मो.लालबाबु राउतले भेटि सान्तवना दिएका छन् ।

मुख्यमन्त्री राउतले पीडित परिवारलाई घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवार राहत समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । राहत उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरिने समेत बताएका छन् ।

मुख्यमन्त्री राउतसँगै प्रदेशसभा सभामुख सरोज कुमार यादव, समाजवादीका प्रमुख सचेतक शैलेन्द्र यादव, प्रदेशसभा सदस्य सिघासन सा कलबार, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा सहितको सहभागिता रहेको थियो ।

घटनाको छानविनका क्रममा पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्