थुलुङ दुधकोशी गाउँपालिकामा तोसी प्रतियोगिता सम्पन्न



२४ मंसिर २०७६, काठमाडौं

थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा तोसी(साकेला)सिली प्रतियोगिता सम्पन्न भएको छ।

मंगलबार(आज) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा तोसी(साकेला)सिली प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा गाउँपालिकाका ६ समूहले भाग लिएका थिए। यद्यपि विजेता प्रतियोगी समूहको नाम भने बुधबार मात्रै सार्वजनिक गरिने प्रतिष्ठानका सदस्य भूपालसिंह राईलाई जानकारी दिए।

प्रतियोगी समूहमध्ये उत्कृष्ठ तीनलाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको सदस्य राईले बताए। समाजसेवी हुपेन्द्रराज राईले खडा गरेको ड्यामुर अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गरिने बताइएको छ।

प्रतिष्ठानले बुधबार आफ्नो ८ औं वार्षिकोत्सव सोलुखुम्बु ‘क’का प्रदेश सांसद उत्तमकुमार बस्नेत सहभागितामा मनाउँदै छ।

प्रतिक्रिया दिनुहोस्