कुनै समय डिप्रेशनमा गएकी थिइन् नायिका दिपिका पादुकोण



२० मंसिर २०७६, काठमाडौँ

बलिउडकी सबैभन्दा डिमाण्डेड र चर्चित नायिका दिपिका पादुकोणलाई थाहा छ कि छैन दिपिका कुनै समय डिप्रेशनमा गएकी थिइन् । केहीसमय अघि दिएको एक अन्तवार्तामा उनले यो कुरा बताएकी हुन् ।

डिप्रेशनमा गएको बेला दिपिकालाई केहीपनि कुरा थाहा हुदैँनथ्यो । उनलाई कुनामा बसेर रुन मात्र मन लाग्थ्यो । उनले त्यसबेला आफूले आफूलाई निकै एक्लो महशुस गरेको बताइन् ।

उनीसँग खुसी हुन धेरै आधारहरु थिए । उनले ब्याक टु ब्याक हिट चलचित्र दिइरहेकी थिइन्, परिवार र रणवीर पनि उनको साथमा थिए तर पनि दिपिका खुसी थिइनन् । उनलाई खाली एक्लै बसेर रुन मात्र मन लाग्थ्यो । दिपिकाले आफूलाई डिप्रेशन भएको महशुस नै गर्न नसकेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्