‘५० बर्षको नायकले २२ बर्षकी नायिकासँग रोमान्स गर्दा सुहाउँछ तर ५० बर्षकी नायिकाले २२ बर्षको नायकसँग रोमान्स गरेको सुहाउँदैन’ : सोनाक्षी सिन्हा



१९ मंसिर २०७६, काठमाडौँ

बलिउडमा कहिलेकाहीँ नायक नायिकाको उमेर अन्तरको चर्चा निकै नै चल्ने गर्छ । बलिउडमा यस्ता कतिपय नायक छन् जो ५०–५२ बर्षको उमेरमा पनि २१–२२ बर्षका नायिकासँग रोमान्स गर्छन् । तर हेर्दा जोडी नसुहाएको जस्तो भने देखिदैँन ।

यस्तै नायिका सोनाक्षी सिन्हा पनि यो कुरालाई स्वीकार्छिन् । उनी ५०–५२ बर्षका नायकले सानो उमेरका नायिकासँग रोमान्स गर्दा त्यस्तो उमेर अन्तर नदेखिने तर ५० बर्षकी नायिकाले २२ बर्षका नायकसँग रोमान्स गर्दा भने त्यो पटक्कै नसुहाउने बताइन् ।

अहिले सोनाक्षी चलचित्र दबंग ३ को प्रमोशनमा व्यस्त छिन् । दबंग ३ डिसेम्बर २० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्