अपाङ्ग यात्रु बोक्न नमान्ने चालकद्वारा पत्रकार झण्डै कुटिए



०९ मंसिर २०७६, काठमाडौंप

खोटाङमा गाडीले अपाङ्ग यात्रु बोक्न नमानेपछि विवाद भएको छ।

सोमबार हलेसीबाट दिक्तेलतर्फ जाने गाडीमा रुपाकोट मझुवागढी नगरपालिका हुर्लुङका अपाङ्ग पाशाङ शेर्पालाई चालकले बोक्न नमानेपछि विवाद भएको थियो।

बा ३ ख ५९५३ नम्बरको गाडीमा अपाङ्ग शेर्पालाई हलेसी टिभीका संचालकद्वय एसके चाम्लिङ र भरत राईले बोकेर गाडीमा चढाउने क्रममा विवाद भएको संचालक चाम्लिङले जानकारी दिए। “चालकले सोझै अपाङ्गलाई बाकिदैँन भनेपछि विवाद भएको हो।”संचालक राईले भने। ‘त्यसपछि हामीले पोजिटिभ कुरा गर्न खोज्दा झनै विवाद भयो।’

अपाङ्ग शेर्पालाई बोक्न नमानेपछि किन भनेर प्रश्न गर्दा, अपाङ्गलाई बोक्दिन भनेर चालक झनै झम्टिएको बताइएको छ। अपाङ्ग शेर्पाप्रति भएको अपमानको विरुद्धमा आवाज उठाउँदा मिडियाकर्मीहरुमाथि नै चालक झम्टिएका थिए।

प्रतिक्रिया दिनुहोस्