‘गुड न्युज’ को पोष्टर सेयर गर्दै कपिलले अक्षयलाई भने : ‘तपाईको भन्दा पहिले मेरो गुड न्युज आउँछ’



२९ कार्तिक २०७६, काठमाडौँ

क्रिसमसको मौकामा डिसेम्बर २७ बाट प्रदर्शनमा आउन लागेको चलचित्र गुड न्युज को पोष्टर रिलिज भएको छ । चलचित्रका मुख्य कलाकार अक्षय कुमारले पोष्टर आफ्नो सामाजिक सञ्जालमा पनि सेयर गरेका छन् ।

यस्तै भारतका चर्चित कमेडियन कपिल शर्माले गुड न्युज को पोष्टर सेयर गर्दै चलचित्र निर्माण टिमलाई बधाई दिएका छन् । यस्तै कपिलले अक्षयलाई अक्षयको भन्दा पहिले उनको गुड न्युज आउने पनि बताए ।

गुड न्युज को पोष्टरमा अक्षयलाई २ युवतीको बेबी बम्पको बिचमा देख्न सकिन्छ । कपिल शर्माकी श्रीमतीले अब केही समयभित्र नै आफ्नो पहिलो सन्तानलाई जन्म दिदैँछिन् । त्यसैले पनि कपिलले त्यस्तो भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्