श्रीमान वैदेशीक रोजगारमा गएको मौका छोपेर, जेठी श्रीमतीले गरिन् कान्छी श्रीमतीको हत्या !



२८ कार्तिक २०७६, सल्लाही

सल्लाही चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरको शेख बलालको जेठी श्रीमतीले कान्छी श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको छ ।

श्रीमान शेख बलाल बैदेशिक रोजगारमा गएको मौका छोपेर ३५ बर्षीया जेठी श्रीमती कोरैसा खातुनले २२ बर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्लाहीले जनाएको छ ।

पराल काट्ने फलामको गरास (धारिलो हतियार)ले हत्या गरी बोरामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव फेला परेको सल्लाहीका उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् । खुर्सिदाको टाउको, छाती र हातमा गहिरो काटिएको छ ।

घरमा कोही नभएको अवस्थामा कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् । हत्यामा प्रयोग गरिएको हतिहार लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामत गरेको छ । अहिले कोरैसालाई जिल्ला कार्यलय हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्