चर्चित तीन ब्राण्डका जुत्ता एकै ठाउँमा : विन्टर मेलामा ओइरिए ग्राहक



२८ कार्तिक २०७६, काठमाडौं

राजधानीको भृकुटीमण्डपमा जारी जुत्ताचप्पल विन्टर सेल मेलामा यतिखेर जुत्ताचप्पल किन्नेहरुको भिड लागेको छ । काठमाडौं विन्टर सेल नाम दिइएको मेलामा सुरुवातमै जाँदा रोजेका जुत्ताचप्पल पाइने भएकाले ग्राहकको भिड लागेको हो । सिन्धुलीबाट आएका लक्ष्मण घिमिरेले जारी जुत्ताचप्पलको जाडो सिजन लक्षित सेल मेलामा ५ जोर जुत्ता किने । उनले बजारमा भन्दा निकै सस्तो जुत्ता पाएकाले परिवारका सबै सदस्यका लागि जुत्ता किनेका थिए । ‘मैले बजारमा भन्दा मेलामा जुत्ताचप्पल निकै सस्तोमा पाएँ’, उनले भने, त्यसैले परिवारकै लागि पुग्ने गरी किने । मेलामा भेटिएका काठमाडौंको तीनकुनेका जहानसिंह कार्की पनि दुवै हातमा झोलाभरि जुत्ताचप्पल किनेर मेलाबाट निस्कँदै थिए । उनी जुत्ताचप्पलको विन्टर सेल मेला कहिले लाग्छ भनेर कुरेर बसेका रहेछन् । मेला सुरु भयो भन्ने थाहा पाउनासाथ जुत्ताचप्पल किन्न आएको हुँ, उनले भने, मेला लाग्नासाथ आउँदा आफूलाई चाहिने जुत्ता छानीछानी किन्न पाइन्छ । पछि आउँदा अरुले छानेर बाँकी रहेका मात्र भेटिन्छ । उनले आफूलाई बर्षभरिका लागि जुत्ता किनेको बताए ।

भृकुटीमण्डपमा जारी विन्टर सेल मेलामा बिएफ डियर हिल, रन सुज र शिखर सुजका जाडो लक्षित जुत्ता उपलब्ध छन् । नेपालका चिनिएका तीन ब्राण्ड मिलेर सेल मेला लगाएका हुन् । मेलामा महिला ग्राहकको समेत निकै भिड लागेको छ । महिलाका लागि आकर्षक, जाडोका लागि उपयुक्त र फेसनेवल बेली जुत्ता मेलामा छन् । नुवाकोटको विदुरबाट आएकी रीता क्षेत्रीले आफ्ना लागि ३ जोर जुत्ता किनेको बताइन् । बजारमा छान्दै हिँड्न पर्थ्यो, उनले भनिन्, मेलामा किन्दा निकै सस्तो महसुस भयो । त्यही जुत्ताचप्पल बजारमा दोब्बर तिर्नु पर्थ्यो । त्यसैले मैले बर्षभरिका लागि किने ।

‘हामीले यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं,’ शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले भनिन्, ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन ।’ मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ । मेलामा १ सय ७५ रुपैयाँदेखिका जुत्ताचप्पल छन् । विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन् । मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । अहिलेको मेला भृकुटीमण्डपमा हुने सदावहार मेलाभन्दा फरक छ । यस मेलामा नेपालकै चर्चित र स्थापित तीन ब्राण्डका जुत्ताचप्पल सहभागी छन् । अरु टापटिपे कम्पनी मेलामा जुत्ताचप्पल बेचेर बेपत्ता हुन्छन्, मेलामा सहभागी एक जुत्ता उत्पादकले भने, हामी ग्राहकको सेवामा सधैं तत्पर रहन्छौं । हामीले उत्पादन गरेका जुत्ताचप्पलमा वारेन्टी छ । ग्राहकले मूल्य तिरेको पूर्ण सन्तुष्टी पाउने छन् ।,

प्रतिक्रिया दिनुहोस्