TVON: ‘मेचु’लाई जिताउन समिति गठन



२६ कार्तिक २०७६, काठमाडौं

चर्चित रियालिटी शो ‘द भोइस्अफ नेपाल सिजन २’ को टप १२ मा पुगेकी सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई विजयी गराउने उद्देश्यले ‘मेचु धिमाल जिताऔं अभियान’ समिती गठन भएको छ।

मंगलबार मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीलाई जिताऔं अभियानको संयोजकमा चयन गरेको छ।

यसैगरी अभियानको सहसंयोजकमा भिष्म बुढाथोकी, सचिवमा मातृका धिमाल, सह–सचिवमा सविता धिमाल, अर्थसचिवमा विजय धिमाल र प्रचार प्रसार संयोजकमा तेजन खड्का रहेका छन्।

समितीको सदस्यमा रोमान्सी धिमाल,राजेन्द्र धिमाल,शंकर निरौला,लक्ष्मीकुमार तामाङ लगायत रहेका छन्। समितीको संरक्षकमा उर्लाबारीका मेयर खड्गबहादुर फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी र धिमाल जाति विकास केन्द्र र सञ्चार क्लब नेपाल रहेको छ।

यसैगरी अभियानको सल्लाहकारमा लोमिम पोमु, हेमराज गुरुङ, राजकुमार योञ्जन, पूर्ण सिंगक, पत्रकार सरोज बस्नेत, राजु लामा, प्रेम याक्खा, प्रितम खड्गी, सुन्दर श्रेष्ठ, सञ्जिव बुढाथोकी, घनश्याम भण्डारीलगायत रहेका छन्।

मेचु धिमाल जिताऔं अभियानका पदाधिकारीहरुः

अभियानका संयोजक सर्वजित भण्डारीले उर्लाबारीकी चेली मेचु सो स्थानसम्म पुग्न सफल भएकोमा खुशी व्यक्त गर्दै भोट गरेर विजय गराउन अपिल गरे। उर्लाबारीलगायत विभिन्न गाउँटोल र संघसंस्थासँग सहकार्य गरेर मेचुलाई जिताउन अघि बढ्ने उनको भनाइ थियो।

समिती गठन कार्यक्रममा मेचुकी बुबा सन्तुलाल धिमाल र आमा गीताकुमारी धिमालको पनि विशेष उपस्थिती रहेको।

यो पढ्नुभयो?

नेपाली संगीत दुनीयाँकी एक होनहार श्रष्टा ‘मेचु’ संगीतको सगरमाथा चढ्दै !(भिडियो सहित)

‘मेचु’को ‘हेर न हेर’ सार्वजनिक

प्रतिक्रिया दिनुहोस्