‘मेचु’को ‘हेर न हेर’ सार्वजनिक



०४ साउन २०७६, काठमाडौं

चर्चित गायिका मेचु धिमालको ‘हेर न हेर’ गीत सार्वजनिक भएको छ ।

स्वर, शब्द र संगीत आफैले दिएकी मेचुको गीत शुक्रबार र्साजनिक गरिएको हो ।

मूजिसियन स्टुडियोमा रेकर्ड भएको गीतलाई किशोर थापाले मिक्सिङ गरेका छन् ।

पर्दाका अनुहारहरु मेचु र शान्तिलाई क्यामेराका माध्यमबाट कैद गर्ने काम देवेन्द्र पुनले गरेका छन् भने, एरेञ्ज गोपाल रसाइलीले गरेका छन् ।

मेचु धिमाल’यूट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत अहिलेसम्म धेरै पटक हेरिसकिएको छ ।

यसअगाडि पनि मेचुको ‘दिन ढल्दै गयो’, ‘तिम्रो सम्झनामा’, ‘जय जयकार’ लगायत ४ दर्जन बढी गीतहरु नेपाली सांगीतिक बजारमा आइसकेका छन् ।

भिडियोः

सम्बन्धित समाचारः

नेपाली संगीत दुनीयाँकी एक होनहार श्रष्टा ‘मेचु’ संगीतको सगरमाथा चढ्दै !(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्