विरगञ्जमा प्रेमीसँग देखिइन् साम्राज्ञी (फोटो फिचर)



२६ कार्तिक २०७६, काठमाडौँ

विरगञ्जमा भव्य रुपमा स्वर्णिम चलचित्र महोत्सव सम्पन्न भएको छ । ३ दिनसम्म चलेको महोत्सवमा सहभागी हुनको लागि ३ सयभन्दा बढी कलाकारहरु विरगञ्ज पुगेका थिए । साथमा विशेष अथिती बलिउड सुपरस्टार गोविन्दा पनि थिए ।

यस्तै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि स्वर्णिम चलचित्र महोत्सवको लागि आफ्ना प्रेमीका साथ विरगञ्ज पुगेकी थिइन् । पछिल्लो समयमा साम्राज्ञी कामका कारण भन्दापनि आफ्ना प्रेमीका कारण धेरै चर्चामा आउन थालेकी छिन् । केहीसमय अघि बालीमा प्रेमीसँग खिचाएको बोल्ड तस्बिरका कारण उनी चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्