‘घामड शेरे’ को नयाँ गीत रिलिज, निश्चल र स्वस्तिमा फिचर्ड



२४ कार्तिक २०७६, काठमाडौँ

चलचित्र घामड शेरे सफलताका साथ देशभरका हलमा प्रदर्शनरत छ । रियल कपल निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्र घामड शेरे लाई दर्शकले निकै रुचाएका छन् ।

यस्तै घामड शेरे को नयाँ गीत भर्खरै रिलिज भएको छ । बुद्धि सागरको शब्द र कालिप्रसाद बास्कोटाको संगीत रहेको सादा सादा बोलको गीतमा प्रशान्त सुवेदीको आवाज रहेको छ ।

गीतमा निश्चल र स्वस्तिमा नै फिचर्ड छन् । चलचित्र घामड शेरे लाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्