ऋतिकसँगको फोटो अपलोड गर्दै प्रितीले लेखिन्, ‘कोइ मिल गया’



०५ कार्तिक २०७६, काठमाडौँ

बलिउडकी चर्चित अभिनेत्री प्रिती जिन्टा अहिले चलचित्रमा त्यति देखिएकी छैनन् । कुनै समयकी उनी सर्वाधिक डमाण्डेड नायिका थिइन् । तर उनले अहिले आफ्नो समय चलचित्रमा भन्दापनि आइपिएल मा दिइरहेकी छिन् ।

यस्तै प्रितीले सामाजिक सञ्जालमा केहीदिन अघि ऋतिक रोशनसँगको तस्बिर अपलोड गरेकी थिइन् । ऋतिकसँग लामो समयपछि भेटेकाले प्रितीले क्याप्सनमा कोइ मिल गया लेखेकी थिइन् । ऋतिक र प्रितीले चलचित्र कोइ मिल गया मा एकसाथ काम गरेका थिए । कोइ मिल गया सन् २००३ मा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्