यी युवकसँगको बर्षाको प्रेम चर्चा



०४ कार्तिक २०७६, काठमाडौँ

नायिका बर्षा राउत अहिले अमेरिकामा छिन् । उनी छुट्टी मनाउन अमेरिका पुगेकी हुन् । बर्षाले चलचित्र लक्का जवान को छायांकन सकेर अमेरिका गएकी हुन् । उनी अमेरिका पुगे लगत्तै उनको प्रेम चर्चा सुरु भएको छ ।

सामाजिक सञ्जालमा सविनजगँ थापा नाम गरेका युवकसँगको तस्बिर सार्वजनिक भएको छ । तस्बिर सार्वजनिक भएसँगै बर्षा र उनको प्रेम भएको कुरा बाहिर आएको छ । बर्षा चर्चित नायिका हुन् । त्यसैले कोहीसँग तस्बिर खिचाउने बित्तिकै प्रेमको कुरा अवश्य नै आउँछ । बर्षाले पनि सविन आफ्नो प्रेमी नभएर साथी मात्र भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्