कार्तिक र साराको प्रेमलाई सैफले गरे स्वीकार



०१ कार्तिक २०७६, काठमाडौँ

साराअली खान र कार्तिक आर्यन केही समयदेखि एकअर्काको प्रेममा छन् । उनीहरुको प्रेमबारे सायद अनविज्ञ कोहीपनि छैनन् होला । यो जोडीलाई दर्शकले निकै रुचाएका पनि छन् ।

यस्तै साराका पिता सैफले पनि आफ्नी छोरीको प्रेमबारे बोलेका छन् । सैफले आफ्नी छोरी व्यक्तिगत रुपमा निकै नै असल भएको बताएका छन् । सारा निकै समझदार भएका कारण उनलाई के गर्नुहुने र के गर्नु नहुने भन्ने कुराबारे पनि ज्ञान भएकाले उनको निर्णयमा आफू सहमत भएको सैफले बताएका छन् ।

साराले कार्तिकलाई रोजेको भए पक्कै पनि राम्रो केटालाई रोजेको सैफको भनाई रहेको छ । अब सायद केही बर्षभित्रै सारा र कार्तिकको विवाह हुनसक्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्